राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम, परिपात्ले, धनकुटाको आधिकारिक वेबसाइटमा हार्दिक स्वागत छ |

बाली तथा वस्तु बिशेष अनुसन्धान कार्य गर्ने सोच अनुरुप नेपाल कृषि अनुसन्धान परिषद् अन्तर्गत यस कार्यालयको स्थापना भएको हो | यस भन्दा अघि बिभिन्न सांगठनिक स्वरुपमा यस कार्यक्रमले काम गर्दै आइरहेको थियो | सर्वप्रथम २०१८ सालमा कृषि बिभाग अन्तर्गत पारिपात्ले धनकुटामा सुन्तलाबाली अनुसन्धान केन्द्र स्थापना भयो | आ.व. २०२३/२४ मा कार्य क्षेत्र बिस्तार गर्ने योजना अनुरुप अन्य बागवानी जन्य बाली पनि समेटी यस केन्द्रको नाम “बागवानी अनुसन्धान केन्द्र” राखियो | पून: यस केन्द्रको कार्यक्रमलाई अझ व्यापक बनाउने उद्देस्यले यसलाई “धनकुटा कृषि केन्द्र” मा परिणत गरियो | २०२९ सालमा स्थापना भएको सुन्तला बाली बिकास कार्यक्रमलाई २०३१ सालमा पोखराबाट धनकुटाको यसै केन्द्रको परिसर भित्र स्थानान्तरण गरियो | २०४८ सालमा सुन्तला बाली बिकास कार्यक्रमको कार्यालय काठमाडौं, किर्तिपुरमा सारियो र धनकुटामा केन्द्रको फार्म र कार्यालय मात्र राखियो | कृषि सम्बन्धि सम्पूर्ण अनुसन्धानका कार्यहरु राष्ट्रिय कृषि अनुसन्धान तथा सेवा केन्द्र, खुमलटारबाट गराउने नेपाल सरकारको निर्णय अनुसार यस कार्यालय लाई पनि सोहि सेवा केन्द्र अन्तर्गत राखियो |  पछी २०४८ सालमा सेवा केन्द्रको खारेजी भइ नेपाल कृषि अनुसन्धान परिषद्को स्थापना हुँदा यस केन्द्रलाई परिषद् अन्तर्गत राखी कृषि अनुसन्धान केन्द्र धनकुटा नामाकरण गरियो र दीर्घकालीन कृषि योजनाको मर्म अनुरुप २०५७ साल देखि “ राष्ट्रिय सुन्तलाजात अनुसन्धान कार्यक्रम ” को रुपमा यस कार्यालयले कार्य गरिरहेको छ |

सूचना

बिषय जारी मिति फाईल अन्तिम म्याद
आ.ब. २०८०/८१ मा बिक्रीको लागि सुन्तलाजात फलफूल बिरुवाको माग संकलन कार्य भइरहेको हुँदा बिरुवा रोप्नेक्षेत्रको वडा कार्यालय वा गाउँ/नगरपालिका वा कृषि ज्ञान केन्द्रको सिफारिस सहित जेष्ठ मसान्त भित्र यस कार्यालयमा प्राप्त हुनेगरि निबेदन पठाउनुहुन अनुरोध छ l 2080-12-06

Continuous

प्रकाशनहरु

वार्षिक प्रतिबेदन २०७९/८०
सुन्तला बगैंचाको बार्षिक कार्य तालिका
उन्सु सुन्तलाको जात पारिपात्ले अगौटे -१ को खेती प्रविधि
सुन्तला र कागतीका सिफारिस (पंजिकृत) जातहरु- एक परिचय
सुन्तलाजात फलफूल खेती प्रविधि
नेपालमा जुनारको व्यावसायिक खेति प्रविधि
सुन्तला बगैंचाको बार्षिक कार्य तालिका
उन्सु सुन्तलाको जात पारिपात्ले अगौटे -१ को खेती प्रविधि
सुन्तला र कागतीका सिफारिस (पंजिकृत) जातहरु- एक परिचय
सुन्तलाजात फलफूल खेती प्रविधि
नेपालमा जुनारको व्यावसायिक खेति प्रविधि
सुन्तलाजात फलफूल नर्सरी व्यावस्थापन प्रविधि
वार्षिक प्रतिबेदन २०७९/८०
बार्षिक बिबरण २०७४ -७५
बार्षिक बिबरण २०७५ -७६
बार्षिक बिबरण २०७३ -७४
सुन्तला र कागतीका सिफारिस जातहरु