• सुन्तला वर्गका बालीहरुको खेती, व्यापार तथा प्रशोधनमा संलग्न सरोकारवाला समूहहरुको आवश्यकता अनुसार प्रविधिहरुको विकास र बिस्तार गर्ने l

  • सुन्तलाजात फलफूलका रैथाने आनुबांशिक श्रोतहरुको पहिचान, संकलन, संरक्षण र उपयोग गर्ने l

  • नेपालको सुन्तलाजात बालीको अध्ययन र अनुसन्धानमा सहयोग गर्न इच्छुक अन्तराष्ट्रिय तथा राष्ट्रिय संस्थाहरुको पहिचाहन र तिनीहरु संगको सहकार्यमा आधारित परियोजना कार्यान्वयन गर्ने l

  • बिदेशमा बिकास गरिएका र नेपालको सुन्तला बाली प्रणाली सुहाउदो प्रकृतिका उन्नत प्रविधिहरु सोझै झिकाई, किसानको बगैंचामा परिक्षण गरि सिफारिस योग्य देखिए पश्चात प्रसार गर्ने l

  • अनुसन्धानबाट प्राप्त नयाँ प्रविधि, सान्दर्भिक जानकारी, अनुसन्धान कृति, रैथाने ज्ञान तथा सीपहरु सम्बन्धि सूचना तथा तथ्यांक संकलन, प्रकाशन गरि लक्षित समूहहरुलाई उपलब्ध गराउने l

  • नेपाल सरकारका सम्बन्धित निकायहरुको सहभागिता, सहयोग र सहकार्यमा बाह्य अनुसन्धान र कृषक तालिमका कार्यक्रमहरु संचालन गर्ने l

  • केन्द्रिय र प्रादेशिक सरकार अन्तर्गतका कृषि निकायहरुलाई आवश्यक परेको सुन्तलाजात बालीका माउ बोटहरु तथा कृषकहरुलाई  उन्नत जातहरुका कलमी बिरुवाहरु उपलब्ध गर्ने l