यस कार्यक्रमले आफ्नो अनुसन्धान कार्यक्रमहरु संचालन गर्दा निम्नानुसारको कार्यपद्दति अपनाउने गर्दछ l  

  • सुन्तला वर्गका बालीहरु प्रविधि प्रसारमा संलग्न प्राबिधिक, कृषक, व्यापारी तथा उद्यमीहरु संगको छलफल र सर्भेक्षणको आधारमा अनुसन्धान मूलक समस्याहरुको पहिचान l   
  • पहिचान गरिएका समस्याहरुलाई प्राथमिकिकरण गरि राष्ट्रिय रुपमा देखिएका प्रमुख समस्या समाधान गर्न अनुसन्धान परियोजना प्रस्ताव तयारी l
  • प्रस्ताबित अनुसन्धान परियोजनाहरुलाई कृषि अनुसन्धान परिषद् केन्द्रिय कार्यालय वा अन्य दातृ निकायहरु समक्ष्य प्रस्तुत l
  • प्रस्थाबित अनुसन्धान परियोजनाले स्वीकृति प्राप्त गरे पछि अनुसन्धानको कार्य संचालन l

अनुसन्धानबाट प्राप्त उत्कृष्ठ नतिजाहरुलाई बाह्य अनुसन्धान कार्यक्रम मार्फत कृषकहरुका बगैचामा पून: मुल्यांकन गर्ने र कृषकले रुचाएका प्रविधिहरु कृषि प्रसार कार्यक्रम (पालिकाहरु) तथा अन्य सरोकारवाला निकायहरुलाई हस्तान्तरण l