• सुन्तला, कागती र जुनारका अगौटे, मध्यम र  ढिलो पाक्ने जातहरुको छनौट

  • तराईमा बेमौसमी कागती उत्पादन दिने जातको छनौट

  • कागती, सुन्तला र जुनारको लागि उपयुक्त रुटस्टकको छनौट

  • सुन्तला बर्ग फलफूलको रुटस्टकको लागि फल टिप्ने र बीउ छर्ने उपयुक्त समयको पहिचाहन

  • सुन्तला बर्ग फलफूलको कलमी गर्न उपयुक्त समय, रुटस्टकको उचाई र टनेलमा बिरुवा उमार्ने पद्दति बिकास

  • कत्ले किरा र खराने रोग नियन्त्रण गर्न सस्तो मुल्यको बिषादी पहिचाहन

  • जुनारको फल कुहाउने किरा तथा यसले

आक्रमण गर्ने समय पहिचाहन

  • सुन्तला बर्ग फलफूलको फल कुहाउने औसा नियन्त्रण गर्न सफल बिदेशी प्रोटिन पासोको छनौट र सस्तो स्वदेशी नियन्त्रण प्रविधि बिकास

  • जरा कुहाउने रोग नियन्त्रण गर्ने रासायनिक तथा जैविक बिशादिहरुको पहिचान

  • सेलार स्टोरमा सुन्तला फल २-३ महिना सम्म भण्डारण गर्ने प्रविधि परिमार्जन  

  • सेलार स्टोरमा सुन्तला फलमा लाग्ने निलो ढुसी नियन्त्रण गर्ने कम हानिकारक रासायनिक तथा जैविक विषादीहरूको पहिचान

  • ह्रास भएका सुन्तलाका बगैचाहरुलाई उचित खाद्य तत्व र रोग किरा व्यवस्थापन गरि पून:जीवन दिने प्रविधि बिकास 

  • सांकेतिक बिरुवा प्रयोग गरि ग्रिनिंग र ट्रिस्टेजा भाइरस रोग पहिचाहन  

  • तन्तु प्रजनन् प्रविधि प्रयोग गरि रोग मुक्त माउबोट उत्पादन

  • सुन्तलाजात फलका बगैंचामा उपयुक्त हुने अन्तर बालीको छनौट

  • सुन्तलाजात फलफूलका जैविक सम्पदाको संकलन र संरक्षण